ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेसको औपचारिक निर्णय

    सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेसको औपचारिक निर्णय
    Spread the love

    ३ वैशाख, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

    सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

    कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्षमण किशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार कांग्रेसले यसअघि कुनै पनि दललाई समर्थन नगर्ने निर्णय लिएको थियो ।

    कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

    आइतबार नै लक्ष्मणकिशोरलाई साथ दिइसकेको कांग्रेसले सोमबारमात्र उनलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।

    नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ । कैलाशले पनि आइतबार नै एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

    एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले तत्काल कुनै निर्णय लिएका छैनन् । मियाँले यस विषयमा कानुनी परामर्श गर्ने र आवश्यक परेमा सांसदको सनाखत गर्ने तयारी गरेका छन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी