ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • हतियार र गोली गट्ठासहित चार जना पक्राउ

    हतियार र गोली गट्ठासहित चार जना पक्राउ

    Share

    अविनाश चौधरी

    कैलाली प्रहरीले हतियार र त्यसको गोली गट्ठासहित चार जनालाई पक्राउ गरेको छ ।

    गस्तीमा खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–१ भरुवाबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुन विक, रामचन्द्र चौधरी, नरेश डङ्गौरा र सचिन चौधरी रहेका छन् । कुन्तीखेत जाने बाटो छेउमा बसिरहेको अवस्थाबाट उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उनीहरूको साथबाट प्वाइन्ट २२ हर्नेट (बन्दुक) एक नाल, त्यसको म्याग्जिन एक थान, गोली १५ राउन्ड र पाँच ग्राम बारुद बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बस्यालले जानकारी दिनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री