ई-घोडाघोडी खबर

६ जेष्ठ २०८१

  • आजबाट धनगढीको बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

    आजबाट धनगढीको बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

    Share

    धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ।

    धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा विकसीत भएको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो। स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उप–महानगरपालिका वडा नम्वर-१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएको हो।

    बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुदै आएको छ। गंगादशहरा मेलामा भारतीय पर्यटकहरुको घुईचो लाग्ने गरेको छ।

    मेला आयोजनाले बेहडाबाबालाई आन्तरिक र बाह्य पर्यटकहरुको मुल गन्तव्य बनाउन टेवा पुग्ने विश्वास गरिएको छ। यस अवसरमा धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक विदा दिएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री