ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा आर्थिक चलखेलको आंशका

    गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा आर्थिक चलखेलको आंशका
    Spread the love

    नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ कोे बजेट भाषणमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले गेटामा प्रतिष्ठान सञ्चालन गर्ने भनेपछि सुदूरपश्चिममा आन्दोलन सुरु भयो। गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्ष सुरु भएको १३ दिन भइसकेको छ। दैनिक फरक–फरक तरिकाले सहिद दशराथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेशवासी आन्दोलित छन्।

    बुधवार सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा सबेकाहरुले सरकार स्वास्थ्य क्षेत्रका माफियाको कब्जामा रहेको आरोपसमेत लगाएका छन्। आन्दोलनकारीहरु भन्दै थिए, ‘अर्थमन्त्री ज्यूको क्लियर धारण आउनु पर्यो। उहाँको बोलि नफ्ट्ने कारण के हो? उहाँले पैसाको चलखेल गर्नु भएको छ की?’ नेपाल सरकार स्वास्थ्य क्षेत्रका माफियाहरुको कब्जामा रहेकाले गेटामा विश्वविद्यालय सञ्चालन गर्न नचाहेको तर्क उनीहरुको छ।

    नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय गेटामा सञ्चालनमा आए, नागरिकले स्तरीय स्वास्थ्य उपचार सेवा र स्वास्थ्य शिक्षा पाउने भए पनि सरकार उदाशिन रहेको तर्क उनीहरुको छ। स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेकाहरुले सरकारका मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई ठूलो रकम बुझाएको हुन सक्ने आन्दोलनकारीहरुको आंशका छ।

    आन्दोलनमा सहभागि एक महिलाले भनिन, ‘सुदूरपश्चिमका मान्य ज्यूहरु किन बोलिरहनु भएको छैन? तपाईहरु सदनमा हाम्रो कुरा किन राख्नु हुँदैन? हाम्रो क्षेत्रको विकासका लागि तपाइलाई पठाएका हौ। हाम्रो काम नगर्ने भए, राजिनामा दिनुहोस्।’ गेटामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच अर्ब बढीका संरचनाहरु निर्माण गरेको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दाबी पेश गर्न थालेपछि सरकार दोहोरो चरित्रमा देखिएको छ।

    स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको निर्णय गरेको सरकारले दोहोरो चरित्र देखाउन थालेको भन्दै सञ्चालन नहुने चिन्ता प्रदेशवासीमा छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले सरकारले दोहोरो चरित्र देखाएको बताए। उनले भने, ‘सुदूरपश्चिमका ९४ वटा निर्णयहरु २०५६ साल यता भएका छन्। हामीलाई मन्त्रिरिषद्को निर्णय कार्यान्वयन नहुने चिन्ता छ।

    अस्पताल र स्वास्थ्य शिक्षा अध्यापन सुरु नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ।’ उनले सुदूरपश्चिमका १९ वटा सांसदहरुलाई विश्वविद्यालयको विधेक संसदमा पेश गर्न दबाब दिन आग्रह गरे। उनले गेटामा विश्वविद्यालय सञ्चालनका लागि ६ अर्ब बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन्। गेटामा ६ सय श्ययाको स्तरिय अस्पताल र स्वास्थ्य शिक्षा अध्ययनका लागि विश्वविद्यालय सञ्चालन हुनुपर्नेछ।

    चालु आर्थिक वर्षमा नै विश्वविद्यालय सञ्चालनको कानून निर्माण र आगामी आर्थिक वर्षमा अस्पताल र अध्यापन सुरु गर्न माग गरिएको छ। नेपाल सरकार नै स्वास्थ्य क्षेत्रका माफियाहरुको कब्जामा रहेको आरोप लागेको छ। स्वास्थ्य क्षेत्रका माफियाका कारण गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा ल्याउन आलटाल भइरहेको स्थानीयको गुनासो छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी