ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • समस्या बुझ्न घरदैलोमा अध्यक्ष

    समस्या बुझ्न घरदैलोमा अध्यक्ष
    Spread the love

    बाजुराको स्वामिकार्तिक गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अन्य स्थानीयका समस्या बुझ्न घरदैलो अभियान सुरु गरेको छ । दुर्गमा गाउँबस्तीको खानेपानी, स्वास्थ्य, शिक्षा बाटो पुललगायतका भौतिक पूर्वाधारको आवश्यक तथा ज्येष्ठ नागरिक अपाङ्ग असहाय र विभिन्न रोगले प्रभावित भएकाको वास्तविक समस्या बुझ्ने गरेर गाउँपालिकाले यो घरदैलो अभियान सुरु गरेको हो ।

    भौगोलिक विकटताका कारण बर्खाको समय गाउँपालिकामा गएर आफ्ना समस्या राख्न नसकेकाले यस कार्यबाट राहत महसुस गरेका छन् । शारीरिक रूपमा असक्त तथा अपाङ्गता भएका असहायलगायतका ज्येष्ठ नागरिकले पाउने समाजिक सुरक्षा भत्ता घरमै पाउनुपर्ने माग स्थानीयले गरेका छन् । उनीहरूले स्वास्थ्य उपचारका लागि समेत प्राथमिक स्वास्थ्य शिविर प्रत्येक महिना घरदैलोमै सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

    स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकायाका अनुसार भौगोलिक रूपमा स्वामिकार्तिकका अधिकांश गाउँ, बस्ती पालिकाबाट निकै ठाढा छन् । उहाँले स्थानीयले बर्खाको समय गाउँपालिकामा आएर सहज रूपमा आफ्ना समस्या राख्न नकस्ने भएकाले घरदैलोमा अभियान सुरु गरेको बताउनुभयो ।

    स्वामिकार्तिक गाउँपालिका–४ वाईबाट सुरु गरेको सो अभियान बिस्तारै अन्य सबै वडामा समेत सञ्चालन गरिने जनाइएको छ । अध्यक्ष रोकायले स्थानीयको समस्या सम्बोधन हुने गरी स्वास्थ्य संस्था र बैङ्कसँग समन्वय तथा सहकार्य गर्दै घरदैलो मै स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी