ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • घोडाघोडी नगरपालिका ७ मा वडा स्तरीय फुटबल प्रतियोगिता हुदै

    घोडाघोडी नगरपालिका ७ मा वडा स्तरीय फुटबल प्रतियोगिता हुदै

    Share

    कैलालीको घोडाघोडी नगर पालिका वडा नं ७ म दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको छ । वडा नं ७ खेलकुद बिकास समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा २०८०/०७/२१ गते देखि प्रतियोगिता सुरु हुने भएको छ ।
    प्रतियोगितामा वडा भित्रका टिमहरुको  मात्र सहभागिता रहने छ । प्रतियोगितामा पहिलो हुने टिमले  १० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्  भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद रु ७५०० सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पुरस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।
    कार्यक्रममा वडा सदस्य, शिक्षक, प्रहरी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहने खेलकुद बिकास समितिको अध्यक्ष दिलीप कुमार चौधरीले बताउनु भयो ।
    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री