कैलालीमा राँगा डल्लबमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुबै युवाको मृत्यु भएको छ ।
सोमबार राति घोडाघोडी नगरपालिका–१० सशस्त्र बेस क्याम्प नजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल डल्लबमा ठोक्किँदा दुर्घटना भएको हो ।
मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय असीम राजवंशी र मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका २७ वर्षीय विजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजबंशीले चलाएको से। ५ प ७५७८ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आउदै गरेको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय कलेसु चौधरीले चलाएको राँगा डल्लबमा ठोक्किएको थियो ।
राजबंशीको उपचारको क्रममा घोडाघोडी अस्पताल सुख्खडमा तत्काल मृत्यु भएको थियो ।
माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति नै चौधरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी