ई-घोडाघोडी खबर

१८ मंसिर २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • घोडाघोडीमा चरा गणना कार्य सुरु

    घोडाघोडीमा चरा गणना कार्य सुरु
    Spread the love

    ईन्द्रा केसी घोडाघोडी कैलाली पुस २८ गते ।
    कैलालीको घोडाघोडी  क्षेत्रमा चरा गणना कार्य सुरु भएको छ । चरा संरक्षण नेटवर्क कैलालीको आयोजनामा गणना कार्य सुरु गरिएको हो । कैलाली जिल्लामा धेरै ताल तलैया रहे पनि चराहरुका लागि राम्रो वातावरण घोडाघोडी क्षेत्र रहेको मानिन्छ ।
    चरा संरक्षण नेटवर्क कैलाली बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन ,अबलोकन ,खोज ,अनुसन्धान गर्दै आईरहेको छ । सोहि अनुरुप यस पटक पनि चरा गणना कार्य सुरु भएको हो । घोडाघोडीमा चरा गणना बर्षको २ पटक गर्ने गरिन्छ । हिउद र गर्मि गरि छ ÷छ महिनामा चरा गणना गरिन्छ ।
    चरा संरक्षण नेटवर्क कैलाली,नेपाल पंक्षी संरक्षण सङ्घ, पहलमानपुर डिभिजन वन कार्यालयका प्रतिनिधि लगायत स्थानीय संरक्षणकर्मी सहितको टोली शनिबारदेखि यस वर्षको चरा गणनामा छ ।


    चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी र नेपाल पन्क्षी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डंगौराको नेतृत्वमा दुई वटा समूहमा बिभाजन भई चरा गणना भईरहेको छ ।
    घोडाघोडी ताल क्षेत्रमा चराहरु पहिले जति देखिन छोडेको चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताउनु भयो । चौधरीले भन्नुभयो, “पहिला हजारौको संख्यामा चराहरु देख्न पाईन्थ्यो अहिले संख्या घट्दै गएको छ । घोडाघोडीमा अन्य ताल भएपनि घोडाघोडी ताल र नकरोड ताल चराको उचित वासस्थानका रुपमा रहेका छन ।
    मानव गतिविधि कम हुने क्षेत्र नकरोडमा चराको सङ्ख्या बढ्दै गएपनि घोडाघोडी तालमा मानव गतिविधि बढी भएकाले र नकरोड तालमा चोरी सिकारी हुने भएकाले चराहरूको सङ्ख्या घट्दै गएको अध्यक्ष चौधरीले बताउनुभयो ।
    आहाराको कमी र असुरक्षित वासस्थानका कारण चराहरू लोप हुँदै गएको नेपाल पंक्षी संरक्षण संघका सहजकर्ता हिरुलाल डगौराले बताउनुभयो । आहार खाईसकेपछि चराहरुलाई आराम स्थल चाहिन्छ डगौराले भन्नुभयो, वासस्थान असुरक्षित बन्दै गएपछि चराको सङ्ख्या पनि घट्दो क्रममा छ ।
    चरा गणनामा पुग्नु भएका डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले घोडाघोडी क्षेत्रलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । घोडाघोडी ताल नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको हो, तर अहिले सम्म प्रदेश सरकारले कुनै ध्यान नदिएको बताउदै ठाकुरले भन्नुभयो,डिभिजन बन कार्यलयको बन्दै गरेको पञ्च बर्षिय योजनामा संरक्षणका कार्यक्रमहरु ल्याउने छौ ।
    सिमसार क्षेत्रमा आश्रित रैथाने, आगन्तुक चराहरूको विवरण, अवस्था पत्ता लगाई संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई चेतना अभिवृद्धि गरी संरक्षणमा हातेमालो गर्न हरेक वर्ष घोडाघोडी क्षेत्रमा चरा गणना गर्ने गरिन्छ ।
    नेपालमा मात्र पाइने अधिकांश चराहरूको वासस्थान रहेको घोडाघोडी ताल क्षेत्रमा संख्या घट्दै गएपनि नया प्रजातिका चराहरु थपिने क्रम पनि जारी छ ।
    घोडाघोडीमा ३८० प्रजातिका चरा पाइने गर्छन् । चराहरूको महत्त्वपूर्ण बासस्थल भएको हुँदा २७ फाल्गुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो बर्ड सेन्चुरी चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी