ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • घोडाघोडीमा चरा गणना तथा अनुसन्धान हुँदै

    घोडाघोडीमा चरा गणना तथा अनुसन्धान हुँदै
    Spread the love

    अविनाश चौधरी

    धनगढी, जेठ ८ गते । नेपालको पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा गर्मी याममा चरा गणना तथा अनुसन्धानको कार्य थालिएको छ ।

    गर्मी सिजनमा चराको सङ्ख्या, प्रजाति, अवस्था लगायत पत्ता लगाउने उद्देश्यले चरा गणना तथा अनुसन्धानको कार्य थालिएको हो ।

    प्रदेश सरकारको कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय पहलमानपुरमार्फत चरा गणना तथा अनुसन्धानको कार्य थालिएको छ । यसको व्यवस्थापन नेपाल पन्क्षी संरक्षण सङ्घ (बीसीएन) ले गरेको छ ।

    घोडाघोडी चरा अभय आरण्य क्षेत्रको सबै क्षेत्रमा चरा गणना तथा अनुसन्धानको कार्य गरिने चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँले एक हप्तासम्म गणना तथा अनुसन्धानको कार्य हुने उल्लेख गर्नुभयो । चरा गणनाको लागि विज्ञसहित पाँच जनाको टोली परिचालन भएको छ ।

    घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा ३८० प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये ११ प्रजाति विश्वमै दुर्लभ रहेको जनाइएको छ । यसैगरी, ७४ प्रजातिका जलपक्षी पाइने गरेका छन्। चरा तथा चराको वासस्थानको संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले दुई वर्ष अगाडि घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) घोषणा गरेको थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी