ई-घोडाघोडी खबर

१९ आश्विन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • घोडाघोडीमा : गुरही पर्वलाई भव्यरुपमा मनाउने तयारी

    घोडाघोडीमा : गुरही पर्वलाई भव्यरुपमा  मनाउने  तयारी
    Spread the love

    सुखड,कैलाली /तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष कैलाली लगायत आसपासका क्षेत्रमा सामूहिक रूपमा भव्यताका साथ गुरही पर्व मनाउँदै आएका छन् । यस वर्ष पनि कैलालीको धनगढी,घोडाघोडी,बर्दगोरिया, लगाएतका ठाँउहरुमा गुरही पर्वलाई भव्य मनाउने तयारीमा रहेका छन् ।
    घोडाघोडी नगरपालिका वार्ड नम्बर–१ सुखड चोकमा र घोडाघोडी नगरपालिका वार्ड नम्बर–७ खौराही चोकमा गुरही असरैना कार्यक्रम हुने भएको छ । घोडाघोडी नगर स्तरीय भल्मन्सा कार्यसमिति घोडाघोडीको आयोजनामा गुरही असरैना कार्यक्रम हुने भएको छ ।

    गुरही असरैना कार्यक्रम यही भाद्र ४ गते दिउँसो १ बजे देखि सञ्चालन हुने कार्यक्रम संयोजक बुधराम चौधरीले जानकारी दिएका हुन । सो कार्यक्रममा  स्थानीय नृत्य र थारु समुदायका परिकार , कला संस्कृति र मौलिकता झल्काउने भेष भूषाको पहिरन, विकासशील कला केन्द्रको नृत्य प्रस्तुती र रक्तदान कार्यक्रम समेत गरिने भएकाले उक्त दिन इच्छुक व्यक्तिले रक्तदान गरि सहयोग गरिदिन आयोजक समितिले अनुरोध गरेका छ  ।

    घोडाघोडी नगरपालिका वार्ड नम्बर–७ खौराही चोकमा मटका फोर, लगायत विभिन्न परम्परागत खेलहरू ,र संस्कृतिक कार्यक्रमहरू हुने वडा अध्यक्ष जुगराम चौधरीले जानकारी दिएका छन् । यो पर्व वर्षायामको खेतीपाती सकिएपछि धानबालीमा कीरा फट्याङ्ग्रा नलागुन् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही असराउने चलन छ ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247