सुखड
कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने गरेको छ । “थारु भाषा कला धर्म सस्कृतीको करी सम्मान, घोरीघोरा धार्मिक पर्यटकिय स्थल हो चिन्हैना हमार अभियान “भन्ने मुल नाराका साथ घोरीघोरा लवाङी पुजा तथा थारु सांस्कृतिक महोत्सव २०८० हुने भएको छ ।
थारु समुदायले आफुले उव्जाय अन्नबाली आफुले उपभोग गर्नु भन्दा पहिले देवतालाइ चढाएर खाने चलन अनुसार हरेक बर्ष बिबाह पन्चमीमा घोडाघोडी मन्दिरमा लवाङी पुजा बर्षौ देखि निरन्तर रुपमा गर्दै आयका छन् । घोडाघोडी सन्त समागम समाज घोडाघोडी,घोडाघोडी नगरपालिका स्तरीय भल्मन्सा कार्य समिति घोडाघोडी वडा न १ घोडाघोडी को सहकार्य र घोडाघोडी तथा सस्कृति संरक्षण समाज घोडाघोडी नगरपालिका-१ सुखड कैलालीको आयोजनामा हुने घोरीघोरा लवाङी पुजा तथा थारु सांस्कृतिक महोत्सव २०८० यहि मंसिर २९ देखि पौष १ गते सम्म हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिए ।
महोत्सव आयोजक मुल समितिका सयोजक चन्द्र बहादुर चौधरीले पत्रकारहरु संग कुरा गर्दै महोत्सवको उदेश्य , थारु समुदायले हरेक बर्ष आफुहरुले अन्नबाली घरमा भित्राइसकेपछि आफ्नो परम्परा अनुसार देबिदेवतालाइ चढाउने अनि आफुहरुले खाने , लवाङी पुजा गर्दा आफ्नो धर्म सस्कृती , चाडपर्वहरु संगै कला सस्कृती जोगाउने उदेश्यले हरेक बर्ष लवाङी पुजा गरिन्छ ,लवाङी पुजाका लागि कैलाली ,कंचनपुर , बर्दिया ,बाके र दाङ बाट समेत आउने गरेका छन् । लवाङ्गी पुजालाइ ब्यबस्थित गर्दै थारु समुदायको कला सास्कृती लाई आउने पुस्ता सम्म जोगाइ राख्न थारु महोत्सव गरिने बताए । थारु समुदाय मा रहेको बर्का नाच , सखिया नाछ , मुग्रहुवा नाछ , कठघोरी नाच ,लगायत नाच देखाइने साथै स्थानीय तथा राष्ट्रिय थारु कलाकारहरुको पस्तुती रहेने समेत जानकारी दिए।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका स्तरीय भल्मन्सा नगर अध्यक्ष बाधुराम चौधरीले घोडाघोडीमा हुने लवाङ्गि पुजामा १ सय ७३ गाउँका भल्मन्सा , गुरुवा , चिराकी , आउने भएकाले यस्लाइ ब्यबस्थित बनाउदै रमाइलो मेला पनि राखिने बताए । घोडाघोडी ताल बिश्व रामसार सुचिमा रहेको ताल हो हामिहरुले यसको सरक्षण ,सदुपयोग गर्दै बिश्वब्यापी प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको महोत्सवको उदघाटन सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने र सुदूरपश्चिम प्रदेशका उधोग ,पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी , कृषि मन्त्री रामेस्वर चौधरी पनि उपस्थिति रहेने जानकारी दिए ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी