ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • सरकारी गाडीमा घुम्दै रेशम चौधरी 

    सरकारी गाडीमा घुम्दै रेशम चौधरी 
    Spread the love

    रेशमलाल चौधरी सरकारी गाडीमा घुमिरहेका छन्। टिकापुर हत्यामा दोषी ठहर भई पाँच वर्ष जेल बसेर हालै आम माफी पाएर रिहा भएका रेशमलाल चौधरीले सरकारी सवारीको दुरुपयोग गरेको पाइएको हो।

    नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका चौधरीले टिकापुर नगरपालिकाको गाडी प्रयोग गर्दै आएका हुन्। बुधवार कैलाली कारागारमा टीकापुर घटनाका बन्दीलाई भेट्न उनी नगरपालिकाकै से १ झ २९४ नम्बरको गाडीमा गएका थिए। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम सोमवार बिहान रिहा भएका थिए।

    राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमवार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो। सोही घटनामा दोषी ठहर भएका चौधरीलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको थियो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी