ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • जिपको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

    जिपको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु
    Spread the love

    कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

    जिल्लाको गोदावरी नगरपालिका –४ खैरेनामा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको डोटी शिखर नगरपालिका –९ का ३५ वर्षका राजेन्द्र सिंह खड्काले चलाएको से ३ प ८९२५ नम्बरको मोटरसाईकललाई कैलाली गोदावरी नगरपालिकाका ४२ वर्षका झलक ऐडीले चलाएको प्रदेश ३ को ०१–०२४ च ५१४८ नम्बरको जिपले ठक्कर दिदा गत बिहीबार मोटरसाईकल चालक राजेन्द्र सिंह खड्काको छाती र मुखमा गम्भिर चोट लागेको थियो।

    छाती र मुखमा गम्भिर चोट लागेका खड्कालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा गयराती २ बजेतिर मायामेट्रो अस्पतालमा खड्काको मृत्यु भएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी