ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • गोदावरीमा महिला हिंसा बढ्यो, १६२ जना विरुद्ध ठाडो उजुरी

    गोदावरीमा महिला हिंसा बढ्यो, १६२ जना विरुद्ध ठाडो उजुरी
    Spread the love

    गएको पाइएको हो। ईलाका प्रहरी कार्यालय मालाखेती (अत्तिरिया) ले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र महिला हिंसाका ९१ र लैंगिक हिंसाका ७१ गरी एक सय ६२ जना विरुद्ध ठाडो उजुरी परेको छ। यस्तो उजुरी दैनिक रुपमा बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ।

    महिला हिंसा विरुद्ध परेका ९१ उजुरीमध्ये ८८ उजुरी मिलापत्रबाट टुंग्याइएको छ भने तीनवटा उजुरी टुंगिन बाँकी छ। त्यस्तै लैंगिक हिंसा विरुद्ध ७१ उजुरी परेकोमा ७० उजुरी मिलापत्रबाट टुंग्याइएको छ। एक वटा उजुरीको भने टुंगो लाग्न बाँकी छ। गोदावर क्षेत्रभित्र महिला हिंसा र लैंगिक हिंसा बढ्दै गएको ईलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

    गोदावरीमा सबैभन्दा बढी महिला घरेलु हिंसाबाट पीडित छन्। श्रीमानले मादक पदार्थ सेवन गरेर यातना दिनुका साथै घर निकालासम्मका घटना भइरहेका हुन्। महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य हुनुपर्नेमा गोदावरीको हकमा पीडितको संख्या बढ्दो क्रममा देखिएको छ। महिला हक अधिकारको क्षेत्रमा काम गर्ने भन्दै थुप्रै संघसंस्थाहरु खुलेको भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन्।

    बहुविवाह, बालविवाह, जबरजस्ती करणी लगायतका घटना एकपछि अर्को बढ्दै जाँदा समेत नियन्त्रणको प्रयास कहिकतैबाट हुन सकेको छैन्। २०६६ मा जारी भएको घरेलु हिंसा कसूर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ। ऐनले यो अपराध प्रमाणित भएमा तीन हजारदेखि २५ हजारसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी