ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

    कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
    Spread the love

    कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाडा र बैशाखा चोकमा बुधवार भन्सार छलिका अन्दाजी २४ हजार ६ सय मुल्य बराबरका चिनि, गुड, डिउ (पिय पदार्थ), खाने तेल लगायतका सामान प्रहरीले बरामद गरेको छ।

    त्यस्तै भीमदत्त नगरपालिका–१० गड्डाचौकीमा भन्सार छलीका अन्दाजी  १२ हजार ८ सय मुल्य बराबरका चिनी, मैदा र बिस्कुट बरामद गरिएको छ। उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, इलाका प्रहरी कार्यालय बेलौरी, प्रहरी चौकी टेडुवा र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेलापारि नियन्त्रणमा लिएको हो। 

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247