कञ्चनपुरमा झन्डै एक लाखका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थानबाट ९३ हजार ४ सय मूल्य बराबरका सामान सोमवार साँझ प्रहरीले बरामद गरेको हो।
भिमदत्त नगरपालिका वडा नम्बर-४ बसपार्कबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १९ हजार मूल्य बराबरको धोती, लेडिज सुट लगायतका सामान र पुनर्वास नगरपालिका-११ भिमबस्ती, डोकेबजारबाट अन्दाजी ७४ हजार ४ सय मूल्य बराबरको रेडिमेट सुट, धोती, गाडीको क्लोज प्लेट लगायतका सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी