ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • कैलाली र कञ्चनपुरबाट दुई लाखबढीका सामान बरामद

    कैलाली र कञ्चनपुरबाट दुई लाखबढीका सामान बरामद
    Spread the love

    कैलालीः कैलाली र कञ्चनपुरबाट दुई लाखबढीका अबैध सामान बरामद गरिएको छ।

    कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोड नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३९ हजार २ सय ८० मूल्य बराबरको चिनी, पानीपुरी, मिठाई, लेडिज सुट, साडी लगायतका सामान, जोशीपुर गाउँपालिका-१ जोशीपुर बजार र जोशीपुर गाउँपालिका-३ लक्कडबाट अन्दाजी २१ हजार मूल्य बराबरको नरिवल, सुर्ती, मसला, बिडी लगायतका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७८ हजार ४ सय ४० मूल्य बराबरको चिनी, दाल, तेल, प्लाष्टिक, सुर्ती लगायतका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको कञ्चनपुर प्रहरीले बताएको छ। उक्त सामानहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी