ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कैलालीमा चार लाख बढीका सामान बरामद

    कैलालीमा चार लाख बढीका सामान बरामद
    Spread the love

    कैलाली: कैलालीमा चार लाख बढीका सामान बरामद गरिएको छ। कैलाली जिल्लाको बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको हो।

    धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अबैध रुपमा भारतबाट भन्सारछली ल्याएका अन्दाजी मूल्य ५३ हजार बराबरको लेडिज सुट, धोती, रेडिमेड ब्लाउज लगायतका सामान धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सारबाट अन्दाजी ३७ हजार मूल्य बराबरका चिनी, लेडिज सुट, मैदा, मिश्री लगायतका सामान बरामद गरिएको छ।

    यस्तै कैलालीकै गौरीगंगा नगरपालिका-१ चौमाला बजारबाट अन्दाजी १ लाख ४८ हजार मूल्य बराबरको लेडिज सुट, लेडिज कुर्ती लगायतका सामान र लम्कीचुहा नगरपालिका १ लम्कीबाट अन्दाजी २ लाख ३ हजार मूल्य बराबरको जेन्स सुट, लेडिज सुट लगायतका सामान गरि जम्मा अन्दाजी ४ लाख ४१ हजार मूल्य बराबरको सामानहरु बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी