ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कैलाली र कञ्चनपुरबाट ९६ हजार बढीका सामान बरामद

    कैलाली र कञ्चनपुरबाट ९६ हजार बढीका सामान बरामद
    Spread the love

    सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट ९६ हजार बढीका सामान बरामद गरिएको छ।

    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट भन्सार छलि गरी ल्याएका अन्दाजी ५३ हजार मूल्य बराबरको लेडिज सुट, सारी, धोती, चिनी लगायतका सामान र धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय वाणिज्य बैङ्क नजिकबाट अन्दाजी ७ हजार ५ सय मूल्य बराबरको बिडी आइतवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

    यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका–१० बिद्युत कार्यालय अगाडीबाट भन्सार छलिगरी ल्याएका अन्दाजी ३५ हजार ९ सय १० मूल्य बराबरको चिनी, पेय पदार्थ (डिउ), बिष्कुट, नमकिन लगायतका सामानहरु आइतबार प्रहरीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो। उक्त सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी