ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • प्राकृतिक खेतीप्रति बढ्दो आकर्षण

    प्राकृतिक खेतीप्रति बढ्दो आकर्षण
    Spread the love

    पछिल्लो समय बाजुराका अधिकांश किसान प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका छन् । यो प्रविधिले खेती गर्दा स्वास्थ्यलाई फाइदा हुनुका साथै जमिनको उर्वराशक्ति बढ्दै जाने भएकाले किसानहरू प्राकृतिक खेती प्रणालीमा उत्पे्ररित बन्दै गएका छन् । पहिला यहाँका अधिकांश किसानले खेती लगाउँदा त्यसमा रासायनिक मल प्रयोग गर्दै आएकाले बर्सेनि माटोको उर्वराशक्ति कम हुँदै गएको बुढीगङ्गा नगरपालिका–७, बायलका कृषक दुर्गादेवी विष्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अहिले यो प्रविधिबाट खेती गर्दा माटोको उर्वराशक्ति बढ्ने र यसमा फलाएको खाद्यान्न बाली तथा तरकारी मानव स्वास्थ्यका लागि प्रभावकारी हुने भएकाले आकर्षण बढेको छ ।”पर्यावरणलाई कम असर पार्ने र नयाँ तथा परम्परागत रूपमा प्रयोग भएका कृषि विधिको प्रयोग गर्दै उत्पादन गर्ने प्रणाली भएकाले यतिबेला बाजुराका अधिकांश कृषक प्राकृतिक खेती प्रणालीमा उत्पे्ररित बन्दै गएको उहाँले बताउनुभयो । गिप्ट नेपालका कृषि प्राविधिक कृष्णबहादुर रावतले गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र गिफ्ट नेपालको साझेदार तथा प्राविधिक सहयोगमा एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत बुढीगङ्गा र बडीमालिकामा यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

    रासायनिक मलको प्रयोगले खेतीको उर्वराशक्ति कम हुँदै गएकाले त्यसलाई जोगाउन तथा त्यहाँ उत्पादित तरकारीले मानव स्वास्थ्यमा फाइदा हुने गरी २०८० साल जेठदेखि यहाँका कृषकलाई प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित गर्दै आएको रावतले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी