ई-घोडाघोडी खबर

६ जेष्ठ २०८१

  • गएरातिको भूकम्पले बैतडीमा एक घर भत्कियो, ३ जना घाइते

    Share

    बैतडीः गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पका कारण बैतडीमा एक घर भत्किएको छ।

    भूकम्पका कारण बैतडीको दोगडाकेदार गाउँपालिका १ रीम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घर भत्किँदा कार्कीसहित उनकी श्रीमति ४५ वर्षीया नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

    घटनाका विषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको बताइएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री