सागर चौधरी
बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको पृथ्वीपुरगाउँमा श्री जनजागरण युवा क्लबको आयोजनामा गुरही असरैना कार्यक्रम हुने भएको छ । “थारु भाषा ,सांस्कृति हमार पिहचान संरक्षण ,संवद्वन कर्ना हमार अभियान ” भन्ने नाराका साथ सुरु हुन लागेको गुरही असरैना कार्यक्रम भाद्र ४ गते दिउँसो २ बजे देखि संचालन हुने आयोजकले जानकारी दिएको छ । विगत २१ सय वर्ष देखि मनउदैआएको गुरही असरैना कार्यक्रम यस पटक स्थानिय तथा राष्ट्रिय कलाकार साथै टिकटोक स्तरको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
बर्दगोरिया ६ मा हुने गुरही असरैना कार्यक्रमको माध्यमबाट बर्दगोरिया ६ न वडाक्षेत्रको तिव्र विकासका निमित्त गुरही असरैना कार्यक्रम संचालन हुन लागेको हो । बर्दगोरिया ६ न वडाक्षेत्र प्रचार प्रसार गर्ने र पृथ्वीपुर नमुना गाउँ बनाउने उदेश्यले गुरही असरैना कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम मूल आयोजक समितिका संयोजक सागर चौधरीले जानकारी दिए । यहाँ गुरही असरैना कार्यक्रम परापुर्ब काल देखिनै मानउने प्रचान छ । उनले भने , विशेष त यो थारु समुदायको पहिलो तिहुवार मन्ने गर्छन। राष्ट्रिय गुरहि पर्व भएकोले नेपालको थारु समुदायमा मानउने गर्छ्न । कैलालीका विभिन्न क्षेत्र साथै नजीकका गाउँपालिका बाट गुरही असरैना कार्यक्रम सहभागीका लागी आउने गरेका छन ।
गुरही असरैना कार्यक्रममा थारु समुदायका परिकार र कला संस्कृती र मौलिकता झल्काउने भेष भुसा र , मन्दौहुवानाच सहितको ,प्रदर्शन गरिने सास्कृतिक संयोजक चौधरीले बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्वन गर्नु पनि हाम्रो दायित्व हो । गुरही असरैना कार्यक्रममा आउने कलाकारहरु मनिराम करिय भगरिया , खुशीराम रात्गैया , राज बन्धु ,संगिता चौधरी , राजु चौधरी मोडेल ८८४८ लगाएत कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । प्रमुख अतिथि कार्यक्रमको उद्घाटन भुमी व्यवस्था तथा कृषि सहकारीका मन्त्री रामेश्वर चौधरीले गर्ने समेत आयोजकले जनाएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी