ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • क्यान्सर रोग निको पार्ने जडीबुटी संरक्षण गरिँदै

    क्यान्सर रोग निको पार्ने जडीबुटी संरक्षण गरिँदै
    Spread the love

    बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ। लौठसल्लाको पातबाट क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व बन्ने गरेको बताइन्छ।

    सङ्घ र प्रदेश सरकारको अगुवाइमा लौठसल्ला संरक्षण गर्न जडीबुटीको प्राकृतिक व्यवस्थापन संरक्षण कार्यक्रम लागु भएको छ। डिभिजन वन कार्यालय बैतडीले चालु आर्थिक वर्षभित्र लौठसल्ला संरक्षण गर्न १० लाख रुपियाँ खर्च गर्ने भएको छ। 

    यहाँको ग्वाल्लेक र सिगास संरक्षित वनमा रहेको लौठसल्ला संरक्षण गर्न बिरुवा गणना र घेराबार लगाउने कार्यक्रम यही असारभित्र सम्पन्न हुन गइरहेको छ। ढोल्यामोडमा लौठसल्लाको गणना गरी घेराबार लगाउने कार्यक्रम रहेको डिभिजन वन कार्यालयका प्रुमख भीमप्रसाद कँडेलले 

    जानकारी दिनुभयो। 

    पुर्चौडी नगरपालिका–६ स्थित वसन्त हरियाली सामुदायिक वनमा लौठसल्ला संरक्षणको कार्यक्रम असारभित्रै पूरा हुने उहाँले बताउनुभयो। यसबाहेक सिगास र ग्वाल्लेक संरक्षित वनमा पनि क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्लाको जङ्गल रहेको छ। 

    लौठसल्लाको पात, बोक्रा र जरा प्रशोधन गरेर क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व निकालिने गरेको उहाँले बताउनुभयो। यो रसायन पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्न नलीको क्यान्सर रोग निको पार्ने औषधीका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको पाइन्छ। 

    जथाभाबी डोजर चलाएर गरिएको सडक निर्माणले वन फँडानी हुँदा लौठसल्लाको जङ्गल मासिने भएकाले उपभोक्तालाई सचेत गराएको डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताउनुभयो।   

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी