सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपालको प्रसारण क्षमता विस्तार र कार्यक्रमको विविधीकरणबारे उच्च व्यवस्थापनसित छलफल गर्नुभएको छ ।
रेडियो नेपालले चालु आवमा रुकुमपश्चिम, बाजुरा, सिन्धुली र पाल्पाबाट रिले प्रसारण सुरु गर्दैछ भने विराटनगर महानगरपालिकासितको सहकार्यमा महानगर एफएम सञ्चालन गर्दैछ ।
दाङ हेमन्तपुरमा दुई करोडको लगानीमा स्टुडियोसहित प्रादेशिक प्रसारण भवन निर्माणले यसै वर्ष पूर्णता पाउनेछ । रेडियो नेपालले डिजिटल प्लेटफर्मको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ ।
सोही अवसरमा मन्त्री शर्माले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्नसमेत निर्देशन दिनुभयो । रासस
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी