ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

    इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

    Share

    १६ वैशाख, इलाम । इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

    गौतम बुद्ध सभागृह (सिटी हल) मा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए ।

    निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

    शनिबार सबै मतपेटिका नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो ।

    मतपेटिका संकलन शनिबार राति २ बजेमात्रै सकिएको थियो ।

    मतगणना सिटी हलमै हुनेछ ।

    इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो ।

    यो क्षेत्रमा दलका र स्वतन्त्र गरी २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री