धनगढीः कैलालीमा बोईलर कुखुरासहित अबैध सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ त्रिवेणीघाट, वडा नम्बर–३ बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १६ हजार ८ सय मूल्यको प्याज, किरानाका सामान र बोईलर कुखुरा लगायतका अबैध सामान प्रहरीले बरामद गरेको छ।
यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट ८ हजार ७ सय मूल्यको प्याज र भजनी नगरपालिका–८ बहादुरपुरबाट २४ हजार मूल्यको प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी