ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • कैलालीमा गोरुगाडासहित अवैध सालको काठ बरामद

    कैलालीमा गोरुगाडासहित अवैध सालको काठ बरामद

    Share

    कैलालीमा गोरुगाडासहित अवैध काठ बरामद गरिएको छ।

    जिल्लाको  घोडाघोडी नगरपालिका वडा नम्बर ९ बाट सालको दुई गोलिया काठ गोरुगाडासहित बरामद गरिएको हो। राष्ट्रिय वनबाट काठ तस्कर गरी ल्याउँदै गर्दा भगतपुर सामुदायिक वनमा गोरुगाडासहित काठ बरामद गरिएको छ। रातिको समयमा गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय पहलमानपुरले  गोरुगाडासहित काठ बरामद गरेको हो।

    बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारी देखेपछि तस्कर गोरुगाडा छोडेर भागेका थिए। तस्करहरूले काठ रतिपुरमा रहेको मिलमा लिन जोखेको बुझिएको छ। गोरुगाडा छोडेर फरार भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालय पहलमानपुरले बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री