ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • पूर्व प्रधानमन्त्री ओलीद्वारा बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

    पूर्व प्रधानमन्त्री ओलीद्वारा बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

    Share

    चाँदनी आचार्य

    घोडाघोडी (कैलाली), फागुन ६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । एमाले कैलालीको जिल्ला अधिवेशनको उद्घाटनका लागि यहाँ आउनुभएका अध्यक्ष ओलीले आज भवन उद्घाटन गर्नुभएको हो ।

    बर्दगोरिया गाउँपालिका–४ मा अवस्थित नवनिर्मित भवनको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गाउँपालिकालाई नमुना बनाउन  नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिनुभयो। उहाँले गाउँपालिकाबाट दिने सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतालाई सहजरुपमा सेवादिन आग्रह गर्नुभयो ।

    अध्यक्ष ओलीले केहीबेरमा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उहाँ आजै काठमाडौँदेखि कैलाली आइपुग्नुभएको हो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री