ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • कैलालीमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ

    कैलालीमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ

    Share

    धनगढीः कैलालीमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्।

    कैलालीको टीकापुर नगरपालिका ८ खक्रौला स्थित सडक खण्डबाट ५ ग्राम ४४० मिलिग्राम लागूऔषधसहित लखिमपुर खिरी तिकुनिया थाना ईन्द्रनगर (भारत) बस्ने ३५ वर्षीय प्रेम सिंह  मंगलवार दिउँसो पक्राउ परेका हुन्।

    प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी भारतीय नम्बर प्लेट यूपी ३१ बी वाइ २७२८ नम्बरको मोटरसाईकलसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री