कैलालीमा भन्सार छलीका सामानसहित भारतिय नागरिक पक्राउ परेका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले जिल्लाको भजनी नगरपालिका–५ कुटी स्थित लखिमपुर खिरी भारत घर भएका २३ वर्षीय सरिफ अलिलाई पक्राउ गरेको जनाएको छ ।
अलिले चलाएको यूपी ३१ एसी ३७३९ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी ल्याएको स्प्राईड ६ पेटी र मोटरसाइकलसहित अन्दाजी एक लाख दस हजार बराबरको सामानसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने तयारी भईरहेको जनाएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी