ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • भारतको एक तालमा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु

    भारतको एक तालमा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु
    Spread the love

     भारतको एक तालमा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबाहदुर शाहको भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर मृत्यु भएको हो।

    भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सिमावर्ती क्षेत्र हो। शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए। उनी मंगलबार साँझ घरमा जान्छु भन्दै त्यहाँबाट नेपालतर्फ आएको बुझिएको छ।

    उनी घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो। उनको शव परिक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी