सुखड कैलाली ।
करार खेति बिषयक अन्र्तक्रिया तथा छलफल कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिकामा सम्पन्न भएको छ । परिवर्तनका लागि कार्यरत युवा समुह (याक नेपाल) को आयोजनामा खाद्य अधिकार प्राप्तिका लागि प्रदेश तथा स्थानिय तहको नीति तथा कार्यक्रमको प्राथामिकतामा करार खेति बिषयक अन्र्तक्रिया तथा छलफल कार्यक्रम सुखडमा सम्पन्न भएको हो । याक नेपालको खाद्य अधिकार सवलिकरण परियोजना अन्तर्गत केहि दिन अगाडि खाद्य अधिकार हनन भएका समुहहरुको पहिचान गरेको थियो सोहि समुहलाई कृषि तथा पशुमा आत्मनिर्भर बनाउनका लागि छलफल भएको हो ।
छलफल कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै याक नेपालका कार्यकारी निर्देशक डबल बमले घोडाघोडीमा करार खेतिको सम्भावना,महत्व र आवश्यकताका बारेमा जानकारी दिएका थिए । उनले घोडाघोडी नगरापलिका बाटै करार खेति सुरु गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय योजना महाशाखा प्रमुख टिकाराम थापाले कृषकहरुका लागि ल्याएका कार्यबिधिहरु बारे बताएका थिए । उनले स्थानिय तहसंग समन्वय गरेर बस्तिमा नै पुगेर कति घरधुरीलाई लाभ दिनुपर्ने हो भन्ने बारे कार्यबिधिहरु बनाएर लाभ दिने बताए । रासायनिक मल बारे बोल्दै उनले भने, रासायनिक मलको मुल्य निर्धारण नगरपालिकाले तोक्ने भन्ने निर्णय छ । साल्ट ट्रेडिङ र कृषि सामाग्रि केन्द्र बाटै पनि किसानहरुले मलको बोरा किन्न पाउने ब्यवस्था मिलाईरहेका छौ । करार खेति बारे जानकारी दिदै उनले भने,जमिन बाझो हुनु हुदैन भन्ने सरकारको निति अनुररुप कैलाली र कञ्चनपुरमा जमिन भाडामा लिएर खेति गर्न ईच्छुकलाई भाडा तिरिदिने योजना रहेको छ । तर कति भाडा दिने भन्ने बारे कार्य योजनामा ल्याउन बाकि नै छ । ब्यक्तिको जमिन भाडामा लिन नपाईने समेत उनले जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले भने, नेपालको संविधान २०७२ अनुसार हरेक नागरिकले खान र बस्न पाउनु पर्ने मौलिक हकमा उल्लेख छ, तर अझै पनि नागरिकहरुको अवस्था जस्ताको तस्तै छ । कानुन कार्यान्वयनमा एक अर्कालाई दोषार्पण गर्ने प्रवृति हुनाले नै अधिकारहरु लागु हुन नसकेका बताउदै उनले भने,यो प्रवृति नहटे सम्म अधिकारहरु लागु हुदैनन ।
याक नेपालले खाद्य अधिकार सवलिकरण परियोजना अन्तर्गत अधिकार हनन भएका समुहहरुको समस्या पहिचान बारे बोल्दै नगर प्रमुख रावतले भने,घोडाघोडी नगरपालिकाको कन्द्रा कटानको समस्या नगरको ६ ओटा वडामा रहेको छ । वडा न ९,५,७,१०,११,१२ का वडा सहित भजनि नगरपालिका पनि प्रभावित छ । साझा समस्याको रुपमा रहेको यो समस्यालाई समाधान गर्नका लागि सामुहिक प्रयास भईरहेको छ ।
करार खेतिको अवधारणा राम्रो रहेको बताउदै उनी भन्छन,व्यक्ति भन्दा पनि समुहलाई राज्य लगानि गर्नका लागि ईच्छुक छ, त्यसैले कृषि समुहहरु अग्रसर हुनु पर्दछ ।
याक नेपालका देबि खनाल र बिनोद सिंले सहजिकरण गरेको कार्यक्रममा प्रदेश स्तरिय खाद्य अधिकार सञ्जालका अध्यक्ष बल बहादुर रोकाया बोलेका थिए । कार्यक्रमको समापन याक नेपालका महासचिब हृदय पुजाराले गरेका थिए । कार्यक्रममा समस्या पहिचान भएका घोडाघोडी नगरपालिका वडा न ५,४ र ८ का समुदायहरुको सहभागिता रहेको थियो ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी