कैलालीको घोडाघोडी नगरपालिकामा जग्गा नाप नक्साको काम सुरु भएको छ । भूमिहीन दलित , सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम शुक्रवार देखि सुरु भएको हो । नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एक कार्यक्रमका बिच पालिकाको वडा नम्बर–१२ स्थित गुरही शिविरमा भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका हुन ।
पालिका भित्रका भूमिहीनहरूलाई जग्गा धनी बनाउन जग्गा नाप नक्साको कार्य शुभारम्भ गरिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख रावतले जानकारी दिए । जग्गा नाप नक्साको शुभारम्भ गर्दे उनले भने चुनावमा गरेको बाचा गरे ! कुनै बाध अवरोध नभए एक वर्ष भित्रमा सबैले जग्गा धनीको प्रमाण पत्र पाउने उनको भनाई छ । भूमिहीन दलित,सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन लागी गर्नको लागी नगरपालिका कटिबद्ध भएर लागी परेको उनले बताए ।
सबैको साथ सहयोग भएको खण्डमा चाँडै नै जग्गा धनी वितरण गरिने उनको भनाई थियो । नगर प्रमुख खडक बहादुर रावतले पद तथा गोपनीयताको शपथ लिएपछि पालिकाको पदभार सम्हाल्दा आर्थिक वर्ष भित्रै भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने भनेर हस्ताक्षर गरेका थिए ।
लगतै उनले भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुको बाँकी रोकिएको कामलाई अगाडी बढाएका थिए । घोडाघोडी नगरपालिकाले भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको काम सुरु भएसँगै बषौँ देखि जग्गाधनी पुर्जा र जमिन विहीन नागरिक अब जमिनको स्वामित्व पाउने भएपछि हर्षित भएका छन् ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247