ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • एकै दिन कैलालीका ७ फरार प्रतिबादी पक्राउ

    एकै दिन कैलालीका ७ फरार प्रतिबादी पक्राउ
    Spread the love

    कैलालीः एकै दिन कैलालीका ७ फरार प्रतिबादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका बिभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
    पक्राउ परेका फरार प्रतिबादीः 

    १) लागू औषध मुद्दामा ४ महिना ३ दिन कैद सजाय र रु.२,०००।– जरिवाना ठहर भएका
    कैलालीको गादावरी नगरपालिका–५ बस्ने दिनरश चौधरी ।
    २) सरकारी छाप किर्ते मुद्दामा ५ महिना २८ दिन कैद सजाय र रु.५० हजार जरिवाना
    ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका–१४ बस्ने धन बहादुर तामाङ् ।
    ३) सरकारी छाप किर्ते मुद्दामा ५ महिना २१ दिन कैद सजाय र रु.५० हजार जरिवाना
    ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका–१४ बस्ने दोर्चे लामा ।
    ४) जुवातास मुद्दामा २६ दिन कैद सजाय ठहर भएका जिल्ला कैलालीधनगढी उपमहानगरपालिका–४ बस्ने देवराज पाठक ।
    ५) वन मुद्दामा रु. २ हजार ९५९ जरिवाना ठहर भएका कैलालीको गोदावरी नगरपालिका–७ बस्ने जिबन चौधरी ।
    ६) वन मुद्दामा रु.२ हजार ९५९ जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी नगरपालिका–७ बस्ने भोजलाल चौधरी ।
    ७) वन मुद्दामा रु.२ हजार ९५९ जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी नगरपालिका–७ बस्ने कर्मराज चौधरी रहेको प्रहरीले बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी