ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

    कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद
    Spread the love

    धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर-३ चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २६ हजार ४९० मूल्यको प्याज, चिनी, बिडी, मिठाई, साबुन,याम्पु लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

    यस्तै भजनी नगरपालिका ८ कृष्णनगरबाट ४० हजार  मुल्यको प्याज,चिनी, स्प्राईड र टिकापुर नगरपलिका ९ जिरो प्वाईन्टबाट अन्दाजी ३८ हजार ५०० को प्याज, प्लाष्टिकको जाली आईतवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

    उता कञ्चनपुरको भीमदत्त नगरपालिका ११ चौकीसत्ता र दोधारा चाँदनी नगरपालिका ८ जनज्योति टोल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २४ हजार ५० बराबरको भिन्डी, खुर्सानी, बैगन, मटर, कागती, होलीको रंङग, गाजर लगायतका सामान आईतवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी