ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

    कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

    Share

    कैलालीः कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

    कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-३ चौराह नजिकबाट र धनगढी उपमहानगरपालिका वडा नम्बर-९ बाङ्ग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७५ हजार ५८०  मूल्यको प्याज,चिनी,मिठाई,खुर्सानी,प्लाष्टिक कुर्ची लगायतका सामानहरु मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    उता कञ्चनपुरको भीमदत्त नगरपालिका-१० बिधुत कार्यालय नजिकबाट भन्सार छलीका १ लाख ११ हजार ६२० मूल्यको चिनी,तेल,सुट,किरानाका सामान,हाडवेयरका सामान लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त सामान आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालयमा बुझाएको बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री