ई-घोडाघोडी खबर

१७ कार्तिक २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • कैलाली र कञ्चनपुरबाट बिभिन्न मुद्दाका ४ जना फरार दोषी पक्राउ

    Spread the love

    धनगढीः कैलाली र कञ्चनपुरबाट बिभिन्न मुद्दाका ४ जना फरार दोषी पक्राउ परेका छन्।

    जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका लागूऔषध मुद्दामा १६ दिन कैद सजाय र २ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१२ बस्ने महेशबहादुर पुजारा, वन मुद्दामा ९० हजार ७३५ जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने करन चौधरी र आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका घोडाघोडी नगरपालिका–९ का राजेश बि.क. रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

    उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० बस्ने ६२ वर्षीय शेरबहादुर बुढालाई शुक्रवार ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरले २०५७ पुस २० गतेको फैसलाले कुटपिट मुद्दामा ४२२ जरिवाना ठहर भई फरार रहेका थिए। उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी