कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको बिभिन्न स्थान टिकापुर नगरपालिका ७ सोनाफाटाबाट भन्सार छलि गरी ल्याएका अन्दाजी २० हजार ८ सय ५० मुल्य बराबरको सुर्ती, बिडी, लेडिज सुट लगायतका सामानहरु र टिकापुर १ को लम्कीपुल नजिकबाट अन्दाजी ९ हजार मुल्य बराबरको चिनी बरामद गरिएको हो ।
यस्तै कञ्चनपुरको बिभिन्न स्थान बेलौरी नगरपालिका १ बैजुडाडाबाट भन्सार छलिगरी ल्याएका अन्दाजी ५९ हजार ४ मुल्य बराबरको चिनी, चना, बिडी, खानेतेल लगायतका सामानहरु र बेलौरी १ फटैयाबाट भारतरबाट नेपाल तर्फ ल्याएका अन्दाजी १२ हजार ३ सय मुल्य बराबरको बोईलर कुखुरा, पेय पदार्थ (डिउ) लगायतका सामानहरु शनिवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247