कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट अबैध रुपमा भन्सार छलीगरि ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान सोमवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै कञ्चनपुरको विभिन्न स्थान भीमदत्त नगरपालिका–१० विद्युुत कार्यालय अगाडी भन्सार छलीगरि ल्याएका अन्दाजी ३२ हजार ३ सय १५ मूल्य बराबरको चिनी, तोरीको तेल लगायतका सामान र बेलौरी नगरपालिका १ बैशाखा अन्दाजी ७३ हजार मूल्य बराबरको लेडिज सुट, साडी, चुरा, पेय पदार्थ(डिउ) लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी