ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता सुुरु

    कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता सुुरु
    Spread the love

    सुुखड कैलाली ।
    कैलालीको घोडाघोडी नगरपालिकामा जिल्ला लिग फुटबल प्रतियोगिता सुुरु भएको छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना तथा घोडाघोडी क्लब सुुखडको सह आयोजनामा प्रतियोगिता सुुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच घोडाघोडी नगरपालिकाका प्रमुुख खडक बहादुर रावतले उद्घाटन गर्नुुभयो ।


    उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले खेलकुुदले शारिरिक र मानसिक बिकास गर्ने भएकाले अनुुशासित भएर खेल खेल्नुुपर्नेमा जोड दिनुु भयो । पछिल्लो समय युुवाहरु लागु पदार्थ दुुव्र्यसनीमा फसिरहेको बताउदै उहाले भन्नुु भयो, “ति युुवाहरुलाई खेलकुदमा जोड्न सके दुुब्र्यसनी न्युुनीकरण हुुन सक्छ ।” उहाले खेलकुुदमा अगाडि बढ्नका लागि नगरपालिका बाट सक्दो सहयोग गर्ने बताउनुुभयो ।
    अखिल नेपाल फुुट बल संघका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला फूटबल संघ अध्यक्ष अनिल मल्लको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १ का अध्यक्ष घनश्याम ओझाले धार्मिक पर्यटनका दृष्टिले महत्वर्पुुण रहेको घोडाघोडीलाई खेलकुुदका माध्यमबाट पनि अगाडि बढाउने बताउनुुभयो ।
    प्रतियोगिता उ्द्घाटन खेलमा शुुक्रबार घोडाघोडी क्लब सुखड र पंचाकोशी युवा क्लब लम्की बीच खेल भएको थियो । खेलमा पंचकोशी युवा क्लबका शिशिर मगरले २१ मिनेटमा स्कोर गर्दै टिमले अग्रता लिएको थियो । त्यस लगतै घोडाघोडी क्लबको तर्फ बाट दिनेश थापाले ३१ मिनेटमा स्कोर गर्दै टिम लाइ बराबरी  गरे। दुबै टिमको निर्धारित समयमा स्कोर बराबरी भए पछि १/१ अंक भएको छ
    यस्तै भोलि बैसाख २९ गते बिहानी युवा क्लब र स्टार सिटी युवा क्लब धनगढी बीच बिहान ८ ः ०० बजे खेल हुने छ भने विजय युवा क्लब र मनकामना युवा क्लब बिच ३ः१५ बजे खेल हुुनेछ । त्यसैगरि भोलि नै साझ ५ ः१५ बजे देखि हसनपुर युबा क्लब र नैनादेबी युवा क्लब बिच खेल हुुने आयोजकले जनाएको छ ।


    प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरि २० टिमको सहभागी रहने छन ।
    कैलालीमा पहिलो पटक जिल्ला लिग फुटबल प्रतियोगिता विजेताहरूको लागि पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
    ए डिभिजन लिगको विजेता क्लवले ७५ हजार र दोस्रो हुने क्लवले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी