ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कैलालीमा १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ

    कैलालीमा १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ
    Spread the love

    धनगढीः कैलालीमा १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ परेका छन्।

    कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका-१ बस्ने २० वर्षीया अन्जली सुनार र सोही ठाउँबाट १ ग्राम खैरो हेरोईनसहित गौरीगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जय साउंदलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुबै जनाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

    यस्तै धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट ७५० मिलिग्राम खैरो हेरोईनसहित गोदावरी नगरपालिका-१२ ओलानी बस्ने २० वर्षीय सन्जय परियारलाई पनि बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। परियारलाई पनि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    उता जानकी गाउँपालिका-१ दुर्गौली स्थित सडकखण्डबाट ४२० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २१ वर्षीय रेशम चौधरीलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ। चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी