ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कैलालीमा नाबालकबाटै एक युवती जबरजस्ती करणीको सिकार

    कैलालीमा नाबालकबाटै एक युवती जबरजस्ती करणीको सिकार
    Spread the love

    धनगढीः कैलालीमा एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

    सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय नाम गोप्य राखिएका एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन्।

    उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ। करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो। लम्कीमा यस्तो घटना भएको जानकारी जिल्लालाई प्राप्त भएको डीएसपी कुलदिप चन्दले बताए।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी