ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • लेनदेनबारे विवाद हुँदा कैलालीमा खुकुरी प्रहार

    लेनदेनबारे विवाद हुँदा कैलालीमा खुकुरी प्रहार

    Share

    कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एकजना घाइते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ।

    लेनदेनबारे विवाद हुँदा आज (बुधवार) बिहान वडा नम्बर ५ बस्ने ३२ वर्षीय बसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले बताएको छ।

    आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइते सुनारलाई उपचारका लागि नेपालगंज लगिएको प्रहरीले बताएको  छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री