ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • माघी पर्वको अवसरमा कैलारीमा तीन दिन सार्वजनिक बिदा

    माघी पर्वको अवसरमा कैलारीमा तीन दिन सार्वजनिक बिदा
    Spread the love

    अविनाश चौधरी

    धनगढी, पुस २४ गते। थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    आज बसेको सो गाउँपालिकाको गाउँ सभा बैठकले पुस २९ देखि माघ २ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    थारु समुदायले माघी पर्व तीन दिन मनाउँदै आएकोले सो समुदायको माग अनुसार पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिनुभयो।

    माघी पर्व नजिकिएसँगै यो समुदायका मानिस पर्वको तयारीमा जुटेका छन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी