कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्।
कञ्चनपुर जिल्लाको बिभिन्न स्थान भिमदत्त–४, भिमदत्त–११, बेलौरी–१, बेलडाँडी–५ बाट भन्सार छलीगरि ल्याएका अन्दाजी १ लाख ७१ हजार २ सय ७५ मुल्य बराबरका चिनी, खानेतेल, डिउ, बिडी, सुर्ती, डाल्डा, मिश्री लगायतका सामानसहित भिमदत्त–१० का ३८ वर्षीय रमेश कार्कीसमेत दुई जनालाई प्रहरी गस्ती टोलीले बिहीवार फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै कैलालीको धनगढी–३ मिलनचोकबाट भन्सार छलीका अन्दाजी ४२ हजार ५ सय मुल्य बराबरको चिनी, डेरी मिल्क, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बिहीवार साँझ वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी