ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ

    कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ
    Spread the love

     कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँमा बेदकोट नगरपालिका–७ का ३८ वर्षीय धर्म धामीले चलाई ल्याएको म १ प ७१२८ नम्बरको मोटरसाइकल पछाडी सवार सोही ठाउँका ४३ वर्षीय महेश बम पक्राउ परेका छन्।

    उनीहरुको साथबाट भन्सार छलीका १ लाख ७ हजार ९ सय मुल्य बराबरका चिनी, गुड, तेल बरामद गरी पक्राउ गरिएको हो। अस्थाई प्रहरी पोष्ट मझँगाउँबाट खटिएको प्रहरी टोलीले शुक्रवार मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 
     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी