ई-घोडाघोडी खबर

६ जेष्ठ २०८१

  • कञ्चनपुरमा भारतीयले घरवेटीलाई जुस खुवाएर लुटपाट गरे

    कञ्चनपुरमा भारतीयले घरवेटीलाई जुस खुवाएर लुटपाट गरे

    Share

    कञ्चनपुरमा कोठा भाडामा बस्न आएका दुई जना भारतीय चोरी गरेर फरार भएका छन्।

    जिल्लाको भीमदत्त नगरपालिका-४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुई दिन अगाडि प्वालीको घरमा कोठा भाडामा लिएर बसेका भारतीयहरूले लुटपाट गरेका हुन्। बुधवार राति घरमा छोरा भएको भन्दै सबैलाई जुस खुवाएर बेहोस बनाइ लुटपाट गरिएको प्रहरीले बताइएको छ।

    जुस खाएर बेहोस भएका उक्त परिवारका सातै जनालाई महेन्द्रनगरस्थित महाकाली अस्पताल लगिएको प्रहरीले जनाएको छ। अहिले सबैजनालाई होस आइसकेको र ४ हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरी भएको कञ्चनपुर प्रहरीले जनाएको छ। चोरीको पूर्ण विवरण भने आइ नसकेको प्रहरीले बताएको छ। प्वाली परिवारलाई भाडामा बस्न आएका भारतीयको नाम ठेगाना केही पनि थाहा छैन। कञ्चनपुर प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री