ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कञ्चनपुरमा आगलागी, दुई पशुचौपाया मरे

    Share

    कञ्चनपुरः कञ्चनपुरमा आगलागीबाट दुई पशुचौपाया मरेका छन्, भने १ गाई घाईते बनेको छ। जिल्लाको पुनर्वास नगरपालिका-१ बलभद्रबस्तीका ५२ वर्षीय बलबहादुर साँउदको गोठमा बिजुलीको तार सर्ट भई बिहीवार राति आगलागी भएको हो।

    अन्य मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त आगलागीबाट अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री