ई-घोडाघोडी खबर

४ श्रावण २०८१

  • कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

    कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

    Share

    कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका-१ स्थित महाकाली नदीमा निर्माणाधिन पुल नजिक सडक खण्डबाट ०.३१ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-१२ का २२ वर्षीय मौसम भनिने महेश भट्ट र भीमदत्त नगरपालिका-१७ बस्ने २६ वर्षीय कपिल भट्टलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको कञ्चनपुर प्रहरीले बताएको छ।

    अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दुबै जनाको साथबाट लागूऔषध फेला पारी स्कुटी १ थानसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए। यस्तै बेलौरी नगरपालिका-६ बैशाखा पुलबाट २.३५ ग्राम लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्।

    सोही ठाँउ बस्ने २५ वर्षीय उत्तम बुडाल र २८ वर्षीय महेन्द्र बुडाल  आईतबार दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी मोटरसाईकल १ थानसहित दुबै जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक डाँगीले बताए। यस सम्बन्धमा चारै जनामाथि थप अनुसन्धान गरिरहेको डाँगीले जानकारी दिए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री