कञ्चनपुरमा अबैध काठ बरामद गरिएको छ।
जिल्लाको पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया अन्दाजी ४१ क्युफिट बराबरको सालको काठ बरामद गरिएको हो।प्रहरी चौकी परासनबाट खटिइएको प्रहरी गस्ती टोलीले मंगलवार राति वेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ। आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय कुण्डालाई बुझाएको जनाइएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी